एफ.ए.ओ.को ४१औं सम्मेलनमा राज्य मन्त्री चौधरीको सम्बोधन

इटाली । राज्य मन्त्री राम कुमारी चौधरीले संयुक्त राष्ट्र खाद्य एवं कृषि संगठन (एफ.ए.ओ) को ४१ औं सम्मेलनलाई सम्बोधन गरेकि छिन् । नेपालसँग एफ.ए.ओ ४२ बर्षको सहकार्य र खाद्य सुरक्षा तथा खाद्य स्वच्छता, कृषिको व्यवसायीकरण, बजारीकरण, प्राकृतिक श्रोतको संरक्षण तथा बैज्ञानिक उपयोगको क्षेत्रमा खेलेको भूमिका सराहनीय रहेको राज्य मन्त्री चौधरीले बताइन् ।

एफ.ए.ओ.ले वातावरण अनुकूल, खाद्य स्वच्छता र बिरुवा तथा पशुपक्षी क्वारेन्टिन अभियानमा प्राबिधिक सहयोग गर्दै आइरहेकोमा यसलाई निरन्तरता दिनुपर्ने मन्त्री चौधरीले बताइन् । उनले ग्रामीण एवं कृषि क्षेत्र बाट श्रमको पलायन तथा बिशेष गरि ग्रामीण क्षेत्रमा रहेका साना कृषकहरुको आय तथा जीवन स्तर सुधार गर्न र कल्याणकारी कार्यक्रम प्रवर्द्धन गर्न यो सम्मेलनले सम्बोधन गर्ने विश्वास व्यक्त गरिन् । ]

नेपालले खाद्य संप्रभुता र खाद्य अधिकारलाई संबिधानमै मौलिक हकको रुपमा स्थापित गरीसकेको र यस्को कार्यान्वयनको लागि आधारभूत कानुनको तर्जुमा तथा मौजुदा कानुनमा समसामयिक परिमार्जन भइसकेको मन्त्री चौधरीले बताइन् । उनले नेपाल सरकारले कृषि क्षेत्रको दिगो बिकास र कृषि पेसालाई सम्मानजनक, सुरक्षित तथा आकर्षक बनाउन र किसानको आय वृद्धि तथा कृषकको कल्याणको लागि २० र्षे कृषि बिकास रणनीति (२०१५-२०३५) कार्यन्वयनमा ल्याएको बताइन् ।

नेपाल सरकारको ‘सम्मृद्ध नेपाल र सुखी नेपाली’ को सपना साकार पार्न १५ औं आवधिक योजना आ.ब.२०७६-०७७को निति तथा कार्यक्रमले समेत कृषि तथा पशुपक्षी उत्पादनमा केही बर्ष भित्रै आत्मनिर्भर बनाउने राष्ट्रिय संक्लप लिएको मन्त्री चौधरीले बताइन् । सम्मेलनमा १९२ देशका कृषि मन्त्री तथा उच्च पदका कर्मचारीको सहभागिता रहेको र सम्मेलनले कृषि, ग्रामीण किसानको बिकास र अन्तर सम्बन्धित मुद्दाहरुमा कृषिमा आधारित अर्थतन्त्र भएका देशहरुका लागि भावी रणनीति तयार गर्ने अपेक्षा गरिएको छ । सम्मेलन २२ जुनदेखि २९ जुनसम्म चल्ने जनाएको छ ।

कमेन्ट गर्नुहोस्