विश्वकपः कप्तान फिन्चको दोस्रो शतक, इंग्ल्याण्डले पायो २८६ रनको चुनौती

 काठमाडौं, असार १० । १२ औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आफ्नो सातौं खेलमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई २८६ रनको लक्ष्य दिएको छ । टस हारे ब्याटिङको मौका पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८५ रन बनायो । उसका लागि कप्तान आरोन फिन्चले शतक बनाए । उनले ११ चौका र २ छक्काको मद्दतमा ११६ बलमा १०० रन बनाए ।

यस्तै डेभिड वार्नरले ५३, स्टिभ स्मिथले ३८, उस्मान ख्वाजाले २३, ग्लेन म्याक्सवेलले १२, मार्कस स्टोइनिसले ८, प्याट कमिन्सले १ रनको योगदान दिए । त्यस्तै एलेक्स क्यारी ३८ र मिचेल स्टार्क ४ रनमा नट आउट रहे । बलिङमा इंग्ल्याण्डका क्रिस ओक्सले २, जोफ्रा आर्चर, बेन स्टोक्स, मोइन अली र मार्क उडले एकएक विकेट लिए ।

याे पनि पढ्नुस  अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

कप्तान फिन्चको दोस्रो शतक
इंग्ल्याण्डविरुद्धको खेलमा पनि अष्ट्रेलियाका कप्तान एवं ओपनर आरोन फिन्चले शतक बनाए । उनले ११ चौका र २ छक्काको मद्दतमा ११५ बलमा शतक बनाएका हुन् । जारी विश्वकपमा फिन्चको यो दोस्रो शतक हो । यसअघि उनले यही संस्करणमा श्रीलंकाविरुद्ध १५३ रन प्रहार गरेका थिए ।

याे पनि पढ्नुस  एशेज सिरिजः इंग्ल्याण्डले दिएको ३९९ रनको लक्ष्य पछ्याउँदै अष्ट्रेलिया

आज पनि अष्ट्रेलियाको उत्कृष्ट सुरुवात
इंग्ल्याण्डविरुद्ध पनि अष्ट्रेलियाले उत्कृष्ट सुरुवात गर्यो । उसले पहिलो विकेटका लागि १२३ रनको साझेदारी गर्न सफल भएको हो । अष्ट्रेलियालाई उत्कृष्ट सुरुवात दिलाउन आरोन फिन्च र डेभिड वार्नरको जोडी निरन्तर लयमा देखिएको छ ।

वार्नरको तेस्रो अर्धशतक
इंग्ल्याण्डविरुद्ध पनि डेभिड वार्नरले अर्धशतक बनाएका छन् । उनले ६ चौकाको मद्दतमा ६१ बलमा ५३ रन बनाए हुन् । जारी विश्वकपमा वार्नरको यो तेस्रो अर्धशतक हो । साथै उनले यो विश्वकपमा २ शतक बनाई सकेका छन् । वार्नरले यो संस्करणमा ५०० रनसमेत पूरा गरेका छन् । उनी यो समाचार तयार पार्दासम्म सर्बाधिक रन बनाउने सूचीमा शीर्ष स्थानमा छन् ।

याे पनि पढ्नुस  एशेज सिरिजः इंग्ल्याण्डले दिएको ३९९ रनको लक्ष्य पछ्याउँदै अष्ट्रेलिया

अष्ट्रेलियाको प्लेइङ ११ः  आरोन फिन्च (कप्तान), स्टिभ स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्सवेल, उस्मान ख्वाजा, मार्कस स्टोइनिस, मिचेल स्टार्क, एलेक्स क्यारी, जसन फेहनड्रफ, नाथन लायन र प्याट कमिन्स ।

इंग्ल्याण्डको पूरा टिमः इयोन मोर्गन (कप्तान), जोनि बेरिस्टो, जोस बटलर, मोइन अली, जो रुट, बेन स्टोक्स, क्रिस ओक्स, आदिल रशिद, मार्क उड, जोफ्रा आर्चर र जेम्स भिन्स  ।

कमेन्ट गर्नुहोस्