विप्लवका कार्यकर्ताले जलाए गाउँपालिका

कालिकोट, असार ११ । विप्लव समूहका कार्यकताले नरहरिनाथ गाउँपालिकाको कार्यालयमा आगजनी गरेका छन्। बन्दको अवज्ञा गर्दै गाउँसभा चलाएको भन्दै आगजनी गरेका हुन्। बुधबार विहान करिब एक बजे नरहरीनाथ गाउँपालिकामा आएको समूहले गाउँपालिका कार्यालय र दुई वटा वडा कार्यालयका कागजातहरु जलाएका छन्। नरहरिनाथ गाउँपालिकाको ६ र ५ कार्यालयमा समेत आगलागी गरेका छन्।

विप्लव समूहका कार्यकर्ताहरुले नरहरीनाथ गाँउपालिकाको प्रमूख प्रशासकिय अधिकृतको कार्यकक्षको झ्याल फोडेर पेट्रोल खन्याइ आगो लगाएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी विनोद शर्माले बताए। ‘सबै सुतेको बेला आगलागी गरेको र इलाका प्रहरी चौकी कुमालगगाँउका प्रहरी र स्थानीय आगो नियन्त्रणमा लिएका थिए।’ उनले भने, ‘आगलागीबाट गाउँपालिकाको कार्यालय र कागजातमा क्षति पुगेको छ।’ जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार आगलागी गर्नेको खोजी भइरहेको र नरहरिनाथ गाउँपालिकामा थप सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ। यो समाचार थाहा खबरबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्