Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

यी हुन् संसारकै सबैभन्दा धेरै तलब खाने पाँच बैंकर्स

काठमाडौं, असार ११ । बैंकमा काम गर्नेहरुको कमाई धेरै हुन्छ भन्ने कतिपयको सोचाई हुने गरेको छ । अझै बैंकका सीईओको तलब त कति होला ? नेपालका सीईओको कमाई लाखौँको छ ।

तर, विश्वका यस्ता सीईओहरु छन्, जसको कमाई मिलियन डलरमा हुन्छ । धेरै तलब खाने सीईओहरु प्रायः अमेरिकाका ठूला बैंकमा काम गर्छन् ।

त्यस्तै, बेलायत र स्विस बैंकहरुमा काम गर्ने बैंकरको तलब पनि आकर्षक रहेको छ । धेरै तलब खाने सीईओहरु प्रायः पुरुष छन् । धेरै तलब भएका संसारका २० सीईओमध्ये १९ जना पुरुष रहेका छन् ।

उक्त सूचीमा अटाएकी एकमात्रै महिला टिडजेन थियाम हुन् । स्विस बैंकमा काम गर्ने उनी उक्त सूचीमा एकमात्रै ब्ल्याक मेम्बर समेत हुन्। संसारमै सबैभन्दा धेरै पारिश्रमिक भएका बैंकिङ क्षेत्रका पाँच सीईओहरु र उनीहरुको वार्षिक पारिश्रमिक यहाँ प्रस्तुत गरिन्छः

जेमि डिमन

जेमि डिमन जेपी मोर्गन चेजका सीईओ हुन् । उनी २८.२ मिलियन अमेरिकी डलर तलब लिन्छन् ।

जेम्स गोर्मन

मोर्गन स्ट्यान्लीका सीईओ जेम्स गोर्मनको तलब २२.५ मिलियन अमेरिकी डलर रहेको छ ।

लोयड ब्लाङ्फिन

२२.३ मिलियन अमेरिकी डलर पारिश्रमिक लिने लोयड ब्लाङ्फिन गोल्डम्यान सच्सका सीईओ हुन् ।

ब्रियान मोएनिहान

बैंक अफ अमेरिका मेरिल लिन्चका सीईओ ब्रियान मोएनिहानले २०।२ मिलियन अमेरिकी डलर तलब बुझ्ने गरेका छन् ।

माइकल कोरबट

सिटि ग्रुपका सीईओ माइकल कोरबटले १५.५ मिलियन अमेरिकी डलर पारिश्रमिक पाउँछन् । बैकिङ्गखबरबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: