सिलिन्डर विष्फोटमा संलग्न आशंकामा १६ वर्षीय बालक प्रहरीको नियन्त्रणमा

सल्यान, असार ११ । सिलिन्डर विष्फोटको अनुसन्धान गर्न भन्दै प्रहरीले सल्यानमा कक्षा ९ मा पढ्ने एक विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । विप्लव नेतृत्वको नेकपाको बन्दको अघिल्लो दिन असार ९ गते सोमबार राति सल्यानको कुमाख गाउँपालिका-६, वडागाउँमा सिलिन्डर विष्फोट भएको थियो ।

त्यसै संलग्न भएको आशंकामा प्रहरीले कुमाख गाउँपालिका-६, वडागाउँका १६ वर्षीय पुष्कर सुनारलाई बुधबार बिहान नियन्त्रणमा लिएको हो । उनलाई घटनामा संलग्नताको विषयमा सोधपुछका क्रममा २४ घण्टाका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख डीएसपी विरेन्द्र बहादुर शाहीले बताए ।

इलाका प्रहरी कार्यालय रागेचौरको टोलीले गिरफ्तार गरेपछि उनलाई अहिले जिल्ला प्रहरी कार्यालय सल्यानमा ल्याइएको छ । उनलाई प्रहरीले घरबाटै गिरफ्तार गरेको परिवारले बताएका छन् ।

कमेन्ट गर्नुहोस्