Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सुदुरपश्चिममै पहिलोपटक निसर्ग हस्पिटलमा दुरबिन प्रविधिबाट पाठेघरभित्रको परिक्षण तथा उपचार…

असार १२ । सुदुरपश्चिम प्रदेशमै पहिलोपटक दुरबिन प्रविधिबाट पाठेघर भित्रको परिक्षण तथा उपचार गर्ने हिस्टेरोस्कोपी सुरु भएको छ । निजी क्षेत्रबाट संचालित धनगढीको सुविधा सम्पन्न निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिमा यो उपचार भएको हो ।

विरेन्द्रनगर नगरपालिका, सुर्खेत घर भएकी ३१ वर्षकी प्रतिभा थापा (नाम परिवर्तित)को उक्त परिक्षण एवं उपचार भएको हो । विगत ३ वर्षदेखि बाँझोपनको समस्याबाट आजित भएकी उनी उपचारका लागि कोहलपुर, नेपालगन्जसमेत पुगिसकेकी थिइन् । त्यहाँ हरेक पटक जाँदा औषधी मात्र दिने, विभिन्न जाँचहरु गर्दा समेत समस्या के हो ? भनेर पत्ता नलाग्ने र समाधान नभएको बिरामीका आफन्तले बताए ।

वास्तविक समस्या के हो ? भनेर थाहा पाउन सकिने र थप उपचार गर्न सकिने यस किसिमको प्रविधि त्यहाँ नहुने भएपछि नजिकमा धनगढीको निसर्ग हस्पिटलमा हुनसक्ने आफन्तको सल्लाहबाट यहाँ पुगेकी हुन् । दुरबिन प्रविधिबाट गरिने यस हिस्टेरोस्कोपीबाट उनको दायाँ डिम्ब बाहिनी नलीको मुख बन्द भएको देखियो ।

दुरबिन प्रविधिकै माध्यमबाट बिना चिरफार (घाउ नबनाई) उनको उक्त बन्द भएको नलीको मुख खोलिएको छ । अब उनको समस्या समाधान हुने सम्भावना बढेर गएको उपचारमा संलग्न चिकित्सकले बताए । यस किसिमको परिक्षण तथा उपचार प्रविधि बाझोपनको समस्या थाहा पाउन, डिम्बबाहिनी नलीको मुख बन्द भएको हेर्न र खोल्न, पाठेघरभित्र मासु पलाएको हेर्न र फाल्न, ट्युमर भएको हेर्न र निकाल्न, पाठेघरको मुख–प्वाल चिप्किएको हेर्न र खोल्न, पाठेघर सम्बन्धी समस्यामा बायोप्सी जाँचहरु गर्न र अन्य थुप्रै अवस्थामा समेत यो परिक्षण तथा उपचार पद्दति लाभदायी हुने गर्छ।

उनको उपचारमा वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ प्राडा नजमुस्सबा अन्सारी र वरिष्ठ एनेस्थेसियोलोजिस्ट तथा कृटिकल केयर विशेषज्ञ डा. हेमन्त ओझा लगायतको टिम खटिएको थियो । अस्पतालको स्थापना संगै यस्ता थुप्रै रोग तथा समस्या भएका बिरामीहरुले उपचार तथा अप्रेसनका लागि भारतका विभिन्न शहर अनि कोहलपुर, नेपालगन्ज, काठमाडौ जानुपर्ने बाध्यताको कमी भइरहेको हस्पिटलका अध्यक्ष तीर्थराज पन्तले बताए । अझैपनि कतिपय अवस्थामा बिरामी तथा आफन्तहरुले यहाँ उपचार हुन्छ भन्ने थाहा नपाएकै कारणले पनि बाहिर जान बाध्य छन् ।

(सँगै पठाएका दुईवटा फोटोहरु बिरामीको उपचार गर्दाको हुन । अन्य माथिका ३ वटा फोटोहरु बुझ्न सजिलो हुन्छ भनेर गुगलबाट तानेको हुन् ।)

कमेन्ट गर्नुहोस्

%d bloggers like this: