शिक्षकलाई आकर्षक लुगा लगाउन रोक

काठमाडौँ । भारतको हिमाचल राज्यमा सरकारी विद्यालयहरूमा कार्यरत शिक्षकहरूले आकर्षक लुगा लगाएर विद्यालय जान नपाउने भएका छन् ।

विद्यालयमा लैंगिक हिंसाका घटना बढ्न थालेपछि त्यहाँको उच्च शिक्षा निर्देशनालयले यस्तो निर्देश दिएको हो ।

प्रदेशका उच्च शिक्षा निर्देशक डा अमरजीत कुमार शर्माले शिक्षकहरूले सादा पहिरनमा विद्यालय आउनु पर्ने र त्यसले विद्यार्थीहरूको ध्यान समेत फेसनतिर कम जाने बताए ।

शर्माले शिक्षकहरूले विद्यार्थीको ‘रोल मोडेल’ बन्नु पर्ने बताए । उनले विद्यार्थीहरूलाई उचित दिशा निर्देशन प्रदान गर्न शिक्षकको भूमिका महत्वपूर्ण रहने बताए ।

भारतीय समाचार मध्यमले सबै जिल्ला शिक्षा प्रमुखहरूलाई सबै शिक्षक एवं प्रधानाध्यापकहरूलाई यसबारे सूचित गर्न निर्देश जारी गरिसकिएको बताएका छन् ।

प्राप्त दिशा निर्देशहरूमा शिक्षकहरूलाई खाली समय पुस्तकालय या स्टाफ कोठामा बस्नुभन्दा विद्यार्थीहरूलाई निरीक्षण गर्नु पर्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्