बाबरले शतकमा पाकिस्तानको जित, सेमिफाइनल पुग्ने सम्भावना बलियो बन्दै

काठमाडौं, असार १२ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत ३३ औं खेलमा न्यूजिल्याण्डलाई ६ विकेटले हराउँदै पाकिस्तान विजयी भएको छ । यो जीतसँगै सेमिफाइनल पुग्ने पाकिस्तानको सम्भावना बलियो बनेको छ । न्यूजिल्याण्डले दिएको २३८ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको पाकिस्तानले ४९.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

उसका लागि बाबर आजमले शतक बनाए । उनले ११ चौकाको मद्दतमा १२७ बलमा नट आउट १०२ रन बनाए । यस्तै हरिश सोहेलले ६८, मोहम्मद अफिजले ३२, इमाम उल हकले १९, फखर जमानले ९ र कप्तान सरफराज अहमदले नट आउट ५ रनको योगदान दिए । बलिङमा न्यूजिल्याण्डका कप्तान केन विलियम्सन, लकि फग्र्युसन र ट्रेन्ट बोल्टले एक–एक विकेट लिए ।

याे पनि पढ्नुस  कोलिन र नीशमबीच शतकीय साझेदारी, पाकिस्तानले पायो २३८ रनको चुनौती

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २३७ रन बनायो । उसका लागि जेम्स नीशमले उत्कृष्ट प्रदर्शन गरे । संकटका समयमा प्रदान आएका उनले ३ छक्का र ५ चौकाको मद्दतमा ११२ बलमा नट आउट ९७ रन बनाए । यस्तै कोलिन डी ग्राण्डहोमले ६४, कप्तान केन विलियम्सनले ४१, कोलिन मुनरोले १२, मार्टिन गुप्टिलले ५, रस टेलरले ३, टम लाथमले १  र मिचेल सान्टनरले नट आउट ५ रनको योगदान दिए ।

याे पनि पढ्नुस  पाकिस्तानको उत्कृष्ट प्रदर्शन, न्यूजिल्याण्डले गुमायो सस्तैमा ४ विकेट

बलिङमा शाहीन शाह अफ्रिदिले ३, मोहम्मद आमिर र शादाव आलमले एक–एक विकेट लिए । जारी विश्वकपमा न्यूजिल्याण्डको यो पहिलो हार हो । उसले आउँदो २ खेलमा अष्ट्रेलिया र इंग्ल्याण्डको सामना गर्नुपर्ने हुन्छ । २ मध्ये एक खेल जित्न सके न्यूजिल्याण्ड सेमिफाइनल पुग्ने छ । अष्ट्रेलियाले भने यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।

याे पनि पढ्नुस  कोलिन र नीशमबीच शतकीय साझेदारी, पाकिस्तानले पायो २३८ रनको चुनौती

पाकिस्तानको प्लेइङ ११ः  सरफराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिश सोहेल, मोहम्मद हफिज, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, वाहब रियाज र शाहिन शाह अफ्रिदि ।

न्यूजिल्याण्डको प्लेइङ ११ः केन विलियम्सन (कप्तान), मार्टिन गुप्टिल, कोलिन मुनरो, रस टेलर, टम लाथम, जिम्मी निशाम, कोलिन डी ग्रान्डहोम, मिचेल सान्टनर, ट्रेट बोल्ट, म्याट हेनरी र लकी फर्गुसन ।

कमेन्ट गर्नुहोस्