अर्घाखाँचीमा जिप दुर्घटना हुँदा १ जनाकाे मृत्यु, २ जना घाइते

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। अर्घाको नौलापानीबाट सदरमुकाम सन्धिखर्क आउँदै गरेको लु१च ९४७७ नम्बरको डबल क्याप जिप सन्धिखर्क १० पोखेडाँडा खहरेखोलामा दुर्घटनामा परेको हो।

सो दुर्घटनमा मृत्यु हुनेमा सन्धिखर्क ९ का ७० वर्षीय बोमबहादुर खत्री रहेको प्रहरीले जनाएको छ। जिपमा तीन जना सवार रहेका थिए। दुर्घटनामा घाइते हुनेमा जिप चालक झविन्द्र खत्री र अर्का यात्रु अनिल जिसी रहेका छन्।

याे पनि पढ्नुस  म्याग्दीमा जिप दुर्घटना, इञ्जिनियरसहित ४ जना घाइते

घाइतेमध्ये चालक खत्रीको अवस्था गम्भीर रहेको र स्थानीय अस्पतालले जनाएको छ। घाइते दुबैलाई अहिले थप उपचारका लागि बुटवल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

तीव्र गति र भिरालो सडक भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। ीजप सडकबाट करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

याे पनि पढ्नुस  श्रीमतीलाई माइत पुर्‍याएर फर्किदै गर्दा श्रीमानको मृत्यु

कमेन्ट गर्नुहोस्