३५००१मा एसएमएस गरेर एसईईको नतिजा हेर्न सकिने

काठमाडौं, असार १२ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा बिहिबार सार्वजनिक गर्ने तयारी गरेको छ ।

३५००१ मा एसएमएस गरेर एसईईको उक्त नतिजा हेर्न सकिने छ । एसईईको नतिजा सार्वजनिक भए लगत्तै स्प्यारो एसएमएसको नं. ३५००१ मा एसएमएस गरेर सजिलै आफ्नो परीक्षाफल थाहा पाउन सकिने छ । यसका लागि अंग्रेजीमा एसईई टाइप गरेर एक स्पेस दिदैं आफ्नो सिम्बोल नं…. टाइप गरेर ३५००१ मा पठाउनु पर्ने छ ।

यसवर्षको एसईई परीक्षा २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको थियो । उक्त परीक्षामा देशभरबाट करिब चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका थिए ।

देशको अग्रणी एसएमएस संस्था स्प्यारोले विगत ९ वर्षदेखि एसएमएस सेवामार्फत विद्यार्थीहरूलाई आफ्नो परीक्षा नतिजा प्राप्त गर्न मदत गर्दै आइरहेको छ । अझैपनि इमेल र इन्टरनेटको पहुँच सहज नभएको हाम्रो मुलुकमा एसएमएस सेवा विभिन्न परीक्षाका नतिजाहरु प्राप्त गर्ने र सन्देश प्रवाह गर्ने एउटा लोकप्रिय माध्यम हो ।

कमेन्ट गर्नुहोस्