२ लाख घुससहित सिँचाइ डिभिजनका प्रमुख र इन्जिनियर पक्राउ

महेन्द्रनगर, असार १२ । कञ्चनपुरमा सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा सिचाई डिभिजन कार्यालय प्रमुख इन्जिनियर र इन्जिनियर पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले सेवाग्राहीबाट २ लाख घुस लिईरहेको अवस्थामा जल स्रोत तथा सिँचाइ विकाश डिभिजन कार्यालयका डिभिजन प्रमुख इन्जिनियर अजित कुमार श्रीवास्तव र इन्जिनियर गिरिस्मा ठगुन्नालाई पक्राउ गरेको हो।

अख्तियाकारका प्रवक्ता टोप बहादुर विष्टले उनीहरुले भीमदत्त नगरपालिका १९ मा चौधर नदी नियन्त्रणका लागि उपभेक्ता समितिबाट निर्माण भएको तटबन्धको योजनामा भुक्तानी दिने क्रममा घुस लिइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई रंगे हात पक्राउ गरिएको जानकारी दिए।

कमेन्ट गर्नुहोस्