विश्वकपः भारतले टस जित्यो, ऋषभले आज पनि मौका पाएनन् मौका

काठमाडौं, असार १२ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिज विरुद्धको खेलमा भारतले टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुँदैछ । वेस्ट इन्डिज ‘गर या मर’ को अवस्थामा छ । आज वेस्ट इन्डिज पराजित भए विश्वकपबाट बाहिरिने छ ।

पाँच खेलमध्ये ४ खेलमा जीत र एक खेल वर्षाको कारण अंक बाँडेकाले भारत भने स्पष्ट जीतको खोजीमा छ । अंक तालिकामा भारत ९ अंकका साथ तेस्रो स्थानमा छ । वेस्ट इन्डिजलाई पराजित गरे भारत सेमिफाइनल नजिक पुग्नेछ । तर हारेको खण्डमा बाँकी तीन खेलमध्ये दुई खेलमा जीत हात पार्नुपर्ने हुन्छ । वेस्ट इन्डिजले ६ खेलबाट एकमा जीत, ४ खेलमा हार र एक खेल वर्षाका कारण अंक बाँड्दै तीन अंक जोडेको छ ।

भारतको पूरा टिमः महेन्द्रसिंह धोनी, विराट कोहली (कप्तान), रोहित शर्मा, केएल राहुल, जसप्रित बुमराह, केदार जाधव, कुलदीप यादव, मोहम्मद शामी,  युजविन्द्र चाहाल, हार्दिक पाण्ड्या र विजय शंकर ।

वेस्ट इन्डिजको पूरा टिमः क्रिस गेल, कार्लोस ब्राथवेट, जसन होल्डर (कप्तान), शाइ होप,  शिमरन हिटमायर, निकोलस पुरन, सुनील एमबरिस, शेलडन कोट्रेल, किमार रोच, ओशेन थोमस र फावियन एलेन

कमेन्ट गर्नुहोस्