किशोरकिशोरीसँग देशको सपना जोडिएको छः नगरप्रमुख वड

धनगढी, असार १२ । धनगढी उप–महानगरपालिका प्रमुख नृपबहादुर वडले किशोर किशोरीसँग परिवारको मात्रै नभएर देशको सपना जोडिएको बताएका छन् ।

ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) कैलालीले किशोर किशोरीहरुका लागि बिहीबार आयोजना गरेको दुब्र्यशन, प्रजनन् स्वास्थ्य र नेतृत्व विकास सम्वन्धी अभिमुखीकरण कार्यक्रममा नगरप्रमुख वडले यस्तो धारणा राखेका हुन् । हरेक समाजको सम्वाहक किशोरकिशोरी नै भएकाले समाजमा सकारात्मक परिवर्तनका लागि नेतृत्व लिनसमेत नगरप्रमुखले किशोर किशोरीहरुसँग आग्रह गरे।

किशोरकिशोरीहरुले दुब्र्यन, प्रजनन् स्वास्थ्यका बिषयमा थाहा पाउनुपर्छ नगरप्रमुख वडले भने, यी बिषयमा जानकारी नभएका कारण कैयोन किशोर किशोरीहरुको भविष्य नै संकट पर्ने गरेको छ । किशोर किशोरीहरुलाई दुब्र्यशनबाट बचाउनका लागि सचेतना फैलाउने काम भैरहेको छ ।

समाजको सम्वाहक किशोरकिशोरी नै भएकाले समाजमा सकारात्मक परिवर्तनका लागि नेतृत्व लिन समेत नगरप्रमुखले किशोर किशोरीहरुसँग आग्रह गरे । यो देश हाँक्ने जिम्मेवारी भोली तपाईहरुको काँधमा आउँछ नगरप्रमुख वडले भने, भविष्य सुन्दर बनाउनका लागि अहिले नै सकारात्मक सोचका साथ अगाडी बढ्नुपर्छ ।

ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) कैलालीका अध्यक्ष ममता शाहले धनगढी उप–महानगरपालिका क्षेत्रका दुईसय भन्दा बढी किशोर किशोरीहरुलाई दुब्र्यसन, प्रजनन् स्वास्थ्य र नेतृत्व विकास सम्वन्धी अभिमुखीकरणमा सहभागि गराएको बताईन ।

कमेन्ट गर्नुहोस्