एसइई नतिजाः करिश्मा मानन्धर तीन जीपीएसहित उत्तीर्ण

काठमाडौं, असार १२ । यो पटकको एसइई परिक्षामा अभिनेत्री करिश्मा मानन्धर तीन जीपीए नम्बरसहित उत्तीर्ण भएकी छन्। उनले मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलबाट पुनः अध्ययन थालेर एसइई दिएकी थिइन्।

करिब तीन दशक भन्दा लामो समय नेपाली सिने क्षेत्रमा बिताएकी मानन्धरले डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयबाट एसइई दिएकी थिइन्। यो वर्ष ४ लाख ५० हजार २७५ परीक्षार्थी एसइईमा सहभागी भएका थिए।

कमेन्ट गर्नुहोस्