विश्वकपः आज पनि शतक बनाउन चुके कप्तान कोहली

काठमाडौं, असार १२ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिज विरुद्धको खेलमा पनि भारतीय टिमका कप्तान विराट कोहली शतक बनाउन चुकेका छन् । लगातार अर्धशतक बनाउन सफल भए पनि शतक पूरा गर्न भने चुकेका हुन् । आज उनी ८ चौकाको मद्दतमा ८२ बलमा ७२ रन बनाएर आउट भए । कोहली ३८.२ ओभरमा वेस्ट इन्डिजका कप्तान जोसन होल्डरको बलमा क्याच आउट भए । उनीसँगै भारतलाई चौथो झड्का लागेको छ ।

कमेन्ट गर्नुहोस्