विश्वकप क्रिकेटः भारतले दियो वेस्ट इन्डिजलाई २६९ रनको लक्ष्य

काठमाडौं, असार १२ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आफ्नो छैठौं खेलमा भारतले वेस्ट इन्डिजलाई २६९ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६८ रन बनायो । उसका लागि कप्तान विराट कोहलीले ८ चौकाको मद्दतमा ९२ बलमा ७२ रन बनाए ।

जारी विश्वकपमा उनको यो लगातार चौथो अर्धशतक हो । यस्तै महेन्द्रसिंह धोनीले नट आउट ५६, केएल राहुलले ४८, हार्दिक पाण्ड्याले ४६, रोहित शर्माले १८, विजय शंकरले १४, केदार जाधवले ७ रनको योगदान दिए । बलिङमा वेस्ट इन्डिजका किमोर रोचले ३, जसोन होल्डर, सेल्डोन कोट्रेलले २–२ विकेट लिए ।

शतकबाट चुके विराट
वेस्ट इन्डिज विरुद्धको खेलमा पनि कप्तान विराट कोहली शतक बनाउन चुके । लगातार अर्धशतक बनाउन सफल भए पनि शतक पूरा गर्न भने चुकेका हुन् । आज उनी ८ चौकाको मद्दतमा ८२ बलमा ७२ रन बनाएर आउट भए । कोहली ३८.२ ओभरमा वेस्ट इन्डिजका कप्तान जोसन होल्डरको बलमा क्याच आउट भए ।

अर्धशतक बनाउन २ रनले असफल केएल
वेस्ट इन्डिज विरुद्धको खेलमा भारतीय क्रिकेट टिममा ओपनर केएल राहुल २ रनले अर्धशतक बनाउनबाट चुकेका छन् । उनलाई २०.४ ओभरमा ४८ रन बनाएको अवस्था वेस्ट इन्डिजका कप्तान जोसन होल्डरले आउट गर्न सफल भए ।

भारतको प्लेइङ–११ः विराट कोहली (कप्तान), रोहित शर्मा, केएल राहुल, जसप्रित बुमराह, केदार जाधव, कुलदीप यादव, मोहम्मद शामी,  युजविन्द्र चाहाल, हार्दिक पाण्ड्या र विजय शंकर ।

वेस्ट इन्डिजको प्लेइङ–११ः क्रिस गेल, कार्लोस ब्राथवेट, जसन होल्डर (कप्तान), शाई होप,  शिमरन हिटमायर, निकोलस पुरन, सुनील एमबरिस, शेलडन कोट्रेल, किमार रोच, ओशेन थोमस र फावियन एलेन

कमेन्ट गर्नुहोस्