भरतपुर उपमेयरको चर्तिकला, आफ्नै पार्टीका वडाध्यक्षको रिसले नगरसभा अवरोध

चितवन, असार १२ । भरतपुर महानगरपालिका उपमेयर पार्वती शाहले अनौठो चर्तिकला देखाएकि छिन् । उनले आफ्नै पार्टीका वडाध्यक्षसँगको रिस नगरसभामाथि पोखेपछि चितवनवासी अचम्भित बनेका छन् । विषयगत समितिको बाँडफाडमा सहमति गर्न नेकपाबाट वडा नमबर १० का अध्यक्ष अरुणपीडित भण्डारी र कांग्रेसबाट वडा नम्ब। २१ का वडा अध्यक्ष चित्रसेन अधिकारीको टिम बनाई बोर्ड बैठकबाट जिम्मेवारी दिइएको थियो । प्राप्त जिम्मेवारी अनुसार सो टिमले बिहीबा बिहान बाँडफाँड टुंग्याएको थियो । सहमतिअनुसार १० वटा विषयगत समिति मध्ये ६ वटा नेकपालाई र ४ वटा नेपाली कांग्रेसलाई दिने गरी सहमति भएको थियो ।

नेकपालाई पूर्वाधार विकास समिति, वातावरण समिति, सामाजिक विकास समिति, विद्येयक समिति, जिन्सी समिति र दलित तथा सिमान्तकृत र खेलकुद समिति दिने गरि सहमति भएको हो । तर, यस सहमतिबारे आफूलाई आफ्नै पार्टी नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष अधिकारीले समयमै जानकारी नदिएको भन्दै उपमेयर शाहीले आज नगर सभाको अन्तिम दिनको बैठक सुरुवात नै हुन दिइनन् । बिहान ११ देखि अपरान्ह ४ बजेसम्म उपमेयरलाई राजी गराउन सभास्थलमा धेरै प्रयास भएपनि सफल हुन सकेको थिएन ।

महानरको महत्वपूर्ण निर्णयबारे आफूलाई समयमा जानकारी नदिएका कारण बैठकमा सहभागी हुन नसकेको उपमेयर शाहले प्रतिक्रिया जनाइन् । समयको चापका कारण समयमा फोन गर्न नसकेकोमा वडाअध्यक्ष अधिकारीले आफूबाट कमजोरी भएको स्वीकार गरे । अधिकारीसहित कांग्रेसबाट निर्वाचित वडाअध्यक्षहरु उपमेयरलाई कुरा बुझाउन दिनभर लागिपरेका थिए ।

मेयर रेनु दाहाल, उपमेयर शाहसहित असार ७ गते बसेको महानगरपालिकाको बोर्ड बैठकले नेकपाबाट भण्डारी र कांग्रेसबाट अधिकारीलाई समितिबारे टुंग्याउन जिम्मेवारी दिएको थियो । तर, आफैंले जिम्मेवारी दिएका आफ्नै पार्टीका वडा अध्यक्षले समयमा फोन गरेनन् भन्दै सभाको बैठक नै अवरोध गरेकोमा आफू अचम्मित भएको मेयर दाहालले बताइन् । ‘मैले पनि पटकपटक अनुरोध गरे । तर, उहाँले मान्नु भएन ।

लेखा समिति आफूहरुले पाउनुपर्नेमा लिएर विगतमा उहाँहरुले अडान लिउनुभयो । अहिले त्यो पनि पूरा भएको छ । बिनाकारण रिसले नगरसभा बैठक नै रोक्नु त जायज भएन नि ।’ मेयर दाहाले बताइन् । नीति कार्यक्रम, केही विद्येयक, बजेट पारित गरेर नगरसभा बिहीबार सम्पन्न गर्ने कार्यसूची रहेको थियो । अब कसरी अगाडि बढ्नेबारे छलफल भइरहेको मेयर दाहालले बताइन् ।

कमेन्ट गर्नुहोस्