मलेसियामा पक्राउ परेका कलाकार २४ दिनपछि नेपाल फर्किए

मलेसिया, असार १२ । सांस्कृतिक कार्यक्रमको लागि जून ६ मा मलेसिया पुगेका तीन जना कलाकार २४ दिनको जेल बसाई पूरा गरि बिहीवार स्वदेश फर्किएका छन् । मुस्लिमको महान पर्व हरिरायाको अवसरमा अनलाइन सेमुल प्रयोगकर्ताको समूह एस.एस.ओ.जी ले आयोजना गरेको ‘धमाका एक’ मा आफ्नो प्रस्तुति देखाउन मलेसिया पुगेका गायक सुनिता थेगिम, श्रेया राई र सुजन आङ्ग्देम्बेलाई क्वालालम्पुरको कोतराया कम्प्लेक्सको कार्यक्रम स्थलबाटै मलेसियाको अध्यगमन विभागले पक्राउ गरेको थियो ।

अध्यागमनले गरेको कारबाहीमा स्थानीय
कलाकार, आयोजक र दर्शकसहित ३२ जना पक्राउ परेका थिए । कार्यक्रम आयोजकले नेपालबाट कलाकार ल्याउँदा मलेसियन अध्यागमन नीतिको मापदण्ड बिपरित ल्याएर सांस्कृतिक कार्यक्रम गरेको अनुसन्धानमा देखिएपछि कलाकारलाई पक्राउ गरिएको थियो । पक्राउ परेकामध्ये आयोजक र कार्यक्रममा सहभागी दर्शक यसअघि नै रिहा भइसकेको छन्।

यता मलेसिया स्थित नेपाली दूतावासले मलेसियामा कुनै पनि कार्यक्रमको आयोजना गर्दा वा नेपालबाट कलाकार बोलाउँदा सरकारी नीतिनियम अन्तर्गत रहेर मात्रै गर्न बिज्ञप्तिमार्फत् सबैलाई सचेत गराएको छ। मलेसिया स्थित विभिन्न संघसंगठन र दूतावासको पहलमा रिहा भएका तीन कलाकारलाई नेपाल फर्काउन कार्यक्रम आयोजकले हवाई टिकटको व्यवस्था मिलाएका हुन् ।

कमेन्ट गर्नुहोस्