युवतीमाथि सिरिन्ज आक्रमण गर्ने एक जना प्रहरीको नियन्त्रणमा

काठमाडौं, असार १३ । युवतीमाथि सिरिन्ज आक्रमण गर्दै आतंक फैलाएको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका सन्तोष कार्की रहेका छन् । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले गयराती महाराजगन्जबाटै पक्राउ गरेको हो ।

रामेछापका कार्कीले प्रारम्भिक बयानका क्रममा आफ्नो अपराध स्वीकार्दै रमाइलोका लागि यस्तो कार्य गरेका बताएका छन् । प्रहरीले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गर्ने जनाएको छ । आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै केही युवतीले उजुरी दर्ता गराएपछि प्रहरीले अनुसन्धान थालेको थियो । सिरिन्ज आक्रमणमा परेका भनिएका केही युवतीको अहिले पनि अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्