Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कोपा अमेरिकाः सेमिफाइनलमा पुग्यो ब्राजिल

काठमाडौं, असार १३ । पाराग्वेलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान भएको खेलमा ब्राजिलले पाराग्वेलाई पेनाल्टीमा ४–३ ले पराजित गरेको हो । गुस्ताभो गोमेज र डेर्लिस गोन्जालेजले पेनाल्टी मिस गर्दा पाराग्वेले सेमिफाइनलमा पुग्न मौका गुमायो ।

निर्धारित ९० मिनेटमा दुबै टिमले गोल गर्न सकेनन् । ५८औं मिनेटमा पाराग्वे १० खेलाडीमा झर्‍यो । सुटआउटमा पाराग्वेका दुई खेलाडीले पेनाल्टी मिस गर्दा ब्राजिलका चार जना खेलाडीको प्रहार गोलमा परिणत भयो । ब्राजिलका विलियन, माक्र्युनोस, फिलिप कउटिन्हो र ग्याब्रियल जेससले गोल गर्दा रोबर्टो फिरमिनोको प्रहार खेर गयो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: