करिश्मा भइन् एसइइमा ‘बी प्लस’ नतिजा ल्याउन सफल

काठमाडौं, असार १३ । नेपाली चलचित्र क्षेत्री चर्चित अभिनेत्री करिश्मा मानन्धर एसइइ परिक्षा उत्तीर्ण भएकी छन् ।

२०७५ सालको अन्तिममा उनले परिक्षा दिएकी थिइन् । चलचित्र अभिनयमा कहिल्यै असफलता नभोगेकी उनी एसइइ परीक्षामा ३ जीपीए नम्बरसहित उत्तीर्ण भएकी हुन् । उनकों ‘बी प्लस’ आएको छ ।

झण्डै ३ दशक लामो अभिनय यात्रापछि उनी डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा आबद्ध भएकी थिइन् । पार्टीमा सक्रिय रहँदै गर्दा उनले मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा कक्षा ९ बाट अध्ययन सुरु गरेकी थिइन् । एसइइ परिक्षा उत्तीर्ण भएसँगै उनलाई उच्च शिक्षा अध्ययनका लागि बाटो खुलेको छ ।

हालै बाबुराम भट्टराई र उपेन्द्र यादवको दलबीच पार्टी एकता भएपछि करिश्माले पार्टी परित्याग गरेकी थिइन् । उनी तत्काल नयाँ पार्टीमा आबद्ध हुने सोचमा छैनन् । एसइइमा राम्रो अंक पाएकी उनले प्लस टुमा व्यवस्थापन बिषय लिएर पढ्ने बताएकी छन् । एसइइ पास हुँदा उनी निकै खुशी छिन् ।

अभिनेत्री करिश्मा मानन्धर केही वर्षयता फिल्म अभिनयबाट टाढा छिन् । यद्यपि, उनले नृत्य गरेको फिल्म ुजात्रै जात्राु हाल प्रदर्शनरत छ। तर, उनले फिल्ममा अभिनय भने गरेकी छैनन् । अहिले उनी अफर आएका फिल्म पनि नकार्दै आइरहेकी छिन् । उनी अब आफ्नी छोरी कवितालाई हिरोइन बनाउने तयारीमा छिन् ।

कमेन्ट गर्नुहोस्