कोरियाली भाषा परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं, असार १३ । कोरियाली भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ।

रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत गत जेठ २५ र २६ गते सञ्चालन गरिएको कोरियाली भाषा परीक्षाको शुक्रबार सार्वजनिक गरिएको हो । इपिएस शाखाका अनुसार भाषा परीक्षाको नतिजा www.epsnepal.gov.np र वैदेशिक रोजगार विभागको वेभसाइट www.dofe.gov.nphttp://www.dofe.gov.np मा गएर हेर्न सकिने छ।

यसवर्षको भाषा परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए । तर, कोरियाले यस वर्ष १० हजार ५० जना नेपालीमात्र प्रशिक्षार्थी कामदारका रुपमा लैजाने कोटा छ।

कमेन्ट गर्नुहोस्