Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दक्षिण अफ्रिकाले गऱ्यो टस जितेर बलिङ् गर्ने निर्णय

काठमाडौँ, असार १३ । विश्वकप क्रिकेटको १२ औं संस्करणको ३५ औं खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले बलिङ् गर्ने फैसला गरेको छ । श्रीलंकाविरुद्ध आजको खेल उसलाई लाज बचाउन मात्र काम लाग्नेछ किन भने ७ मध्ये ५ खेलमा हर र १ बिना नतिजा टुंग्याएको उसले सेमिफाइनल पुग्ने सम्भावनाहरू पहिले नै गुमाइसकेको छ ।

आजको खेल श्रीलंकाको लागि गर या मर प्रकृतिको रहेको छ किनभने आजको खेलमा उसले हार्नु भनेको सेमिफाइनल खेल्ने आशा मार्नु हुनेछ ।

हाल अंकतालिकाको सातौंस्थानमा रहेको श्रीलंकाले चौथोस्थानबाट इङ्ल्याण्डलाई विस्थापित गर्न अबका तीन ओटै खेल जित्नुपर्ने अनिवार्यता रहेको छ । उसले खेल्न बाँकी टीमहरूमा दक्षिण अफ्रिका, वेस्ट इन्डिज र भारत रहेका छन् ।

दुवै टीम हालसम्म ५ पटक विश्वकपमा भिडिसकेका छन् र त्यसमा ३ पटक नतिजा दक्षिण अफ्रिकाको पक्षमा गएको छ । श्रीलंकाले एक पटक जितेको छ भने एउटा खेल नतिजाविहीन रहेको थियो ।

उता खेलेका ७ खेल मध्ये १ मा मात्र जीत हासिल गरेको दक्षिण अफ्रिका सान्त्वना जीत हात पारेर विश्वकप अनुभवको तीतोपाना भुलाउने कोसिस गर्नेछ ।

प्लेइङ् इलेभन:

श्रीलंका: दिमुथ करुणारत्ने (कप्तान), धनंजय डिसिल्वा, नुवान प्रदीप, अविष्का फर्नांडो, सुरंगा लकमल, लसिथ मलिंगा, एंजेलो मैथ्यूज, कुसल मेंडिस, जीवन मेंडिस, कुसल परेरा, तिसारा परेरा, मिलिंदा श्रीवर्धने, लाहिरू थिरिमाने, इसुरु उदाना र जेफ्री वांडरसे।

दक्षिण अफ्रिका: फाफ डु प्लेसिस (कप्तान), क्विंटन डिकक, एडम मार्करम, हाशिम अमला, जेपी डुमिनी, डेभिड मिलर, कगिसो रबादा, ड्वेन प्रिटोरियस, एंडिले फेहलुक्वायो, तबरेज शम्सी, इमरान ताहिर, लुंगी नगिदी, क्रिस मौरिस, रेसी वान डेर डुसेन र हैंड्रिक्स।

 

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: