श्रीमतीलाई कुटपिट गरेर हत्या आरोपमा एक पक्राउ

काठमाडौं, असार १४ । मधुवन नगरपालिका–९ बस्ने ४५ वर्षीय पत्नी दिलमाया देशुवा मगरलाई बिहीबार कुटपिट गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । केशरबहादुरले मुक्का तथा लाठीले कुटपिट गरेर बेहोश बनाएको र जिल्ला अस्पतालमा उपचारका क्रममा दिलमायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्या गरेको आरोपमा ५० वर्षीय केशरबहादुरलाई प्रहरीले पक्राउ गरेको हो । हेटौँडाबाट मृतकका माइतीपक्ष आएपछि शुक्रबार नै शव परीक्षण गरी अन्तिम संस्कारका लागि बुझाइएको प्रहरीले जनाएको छ । पीडित पक्षबाट आरोपितविरुद्ध आज उजूरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए । रासस

कमेन्ट गर्नुहोस्