दोहोरो जिम्मेवारीबाट मुक्त नेतृत्व र सक्रिय स्थायी कमिटी आवश्यकः रमेश मल्ल

काठमाडौं, अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष तथा नेकपाका नेता रमेश मल्लले पार्टी एकताले गति नलिएको भन्दै तीनवटा विषयमा नेतृत्वले तत्काल सोच्नुपर्ने बताएका छन् ।

 मल्लले अघि सारेका तीनवटा सुझाव


१. दोहोरो जिम्मेवारीबाट मुक्त नेतृत्व

नेकपामा एकताको विशिष्ट अवस्थाका कारण कमिटि प्रणालीमा अलि बढि प्रशासनिक खुट्किलाहरु निर्माण भएका छन । कमिटिहरु पनि अलि बढि ठुला र भद्धा पनि छन । तत्कालका लागि यसलाई स्वाभाविक प्रक्रियाका रुपमा लिई मेहेनेतपुर्वक व्यवस्थापन गरिनु पर्दछ । त्यसको लागि पार्टीका सबै तहका मुल नेतृत्वलाई गृहकार्यको लागि प्रर्याप्त समय जरुरी हुनजान्छ । नेतृत्व नै बढि जिम्मेवार बन्नैपर्छ कि कुनै पनि जिम्मेवार सदस्य जिम्मेवारीविहीन बनेर नबसोस ।

पार्टीको कुनै पनि तहको नेतृत्वलाई दोहोरो जिम्मेवारीबाट मुक्त गरियो भने त्यसले एकातिर पार्टी, सदन र सरकारको काममा प्रभावकारीता आउँछ भने अर्कोतिर कोही नेता कार्यकर्ता जिम्मेवारीको बोझले थिचिने र कोही भुमिकाविहीन भएर सडकमा हल्लीने अवस्थाको अन्त्य गर्दछ ।

२. सक्रिय स्थायी कमिटी

कम्युनिष्ट पार्टीमा स्थायी कमिटि भनेको मुल नेताहरुको टिम हो । जहाँ सिद्धान्त र राजनितिको तथा पार्टी निमार्ण र परिचालनको वहस हुन्छ, निर्णय हुन्छ । पोलिटब्युरो (राजनैतिक कमिटि) ले राजनैतिक महत्वका निर्णय गर्छ । संगठनका महत्वपुर्ण निर्णयहरु गर्छ । निर्णयको गंम्भीरता अनुसार केन्द्रीय समिति र महाधिवेशनप्रति उत्तरदायी भएर यसप्रकारका निर्णयहरु गरिन्छन ।

नेकपामा कमिटिगत संरचनाका कारण स्थायी कमिटिले गर्ने काम सचिवालयले गर्दै आएको छ । नेताहरुबीचमा सहज सम्बन्ध हुँदा यो विधि सजिलो पनि छ । तर कहिलेकाँही सचिवालय समाधानको केन्द्रमात्र हैन समस्याको केन्द्र बन्ने अवस्था पनि देखिएको छ । पटक पटक पार्टी र सरकारको कार्यकारी जिम्मेवारी पुरा गरिसकेका, अनुभव र योगदानका हिसावले पनि को भन्दा को कम भन्ने अवस्थामा रहेका, इतिहासले गर्व गर्ने, एउटै उमेर समुहमा रहेका र जीवनको उतरार्धतिर हिडेका टिमभित्रको अन्र्तविरोधको पाटो हो, “ इगो पोलिटिक्स” । नेताहरुलाई त्यसबाट बाहिर निकाल्न र सहज सम्बन्ध संचालनको वातावरण बनाउन उत्तराधिकार पुस्ता (९नेकपाको हकमा स्थायी कमिटि) सक्रिय र सकारात्मक हस्तक्षेपकारी हुन जरुरी छ ।

पार्टीमा पोलिटब्युरोको संरचना बनिनसकेको र बनिहाले पनि कामकाजी बन्न गाह्रो हुने अवस्थाको कारण पोलिटब्युरोले गर्ने कामलाई समेत प्रभावकारी बनाउन, पार्टीभित्रका आन्तरिक वहस र अन्र्तविरोधको उचित व्यवस्थापन गर्न, सरकार संचालनको कामलाई सहयोग गर्न, तथा राष्ट्रिय एवं अन्र्तराष्ट्रिय स्तरका राजनैतिक एवं कुटनैतिक काममा पार्टीमा वस्तुगत र वैज्ञानिक मतैक्यता कायम गर्न पनि स्थायी कमिटिको भुमिकालाई सक्रिय र प्रभावकारी बनाउन जरुरी छ ।

३. प्रभावकारी विभागीय काम

पार्टी एकताका कतिपय काम अझैंपनि बाँकी रहेको वर्तमान अवस्थामा उक्त कामलाई पुर्णता दिने, पार्टीका केन्द्रीय विभागहरु टुंगो लाउने काम यथासिघ्र गरिन जरुरी छ । सरकारका काम प्रभावकारी नहुनु, ऐन कानुन निमार्णको काम एकपछि अर्को विवादको घेरामा तानिनुको एक मुख्य कारण विभागीय कामहरु अगाडि नबढ्नुको परिणाम हो । यदी पार्टीमा राजनैतिक रुपले परिपक्व र विषयगत दक्षताका हिसावले योग्यतम मान्छेहरुको केन्द्रीकरण गरेर विभाग निमार्ण गरेको भए तिनले दिने फिडब्याकले सरकार र सदनको काममा सहयोग पुग्दथ्यो । एउटा मन्त्री र एउटा समितिको सभापतिले पार्टीको कुन निकायमा सल्लाह गरेर नितिगत निर्णय गर्ने भन्ने अन्यौलताको पनि अन्त्य हुन्थ्यो । यो काम तत्काल गरिनु पर्दछ ।

कमेन्ट गर्नुहोस्