चीनसँग वार्तापछि ट्रम्पको अप्रत्यासित ट्विट- ‘त्यहाँ किम पनि भइदिए भने…’

काठमाडौं, शनिबार बिहान चीनका राष्ट्रपतिसँग वार्ता भएपछि डोनाल्ड ट्रम्पले उत्तर कोरियाली राष्ट्रपतिसँग अप्रत्यासित वार्ता प्रस्ताव गरेका छन् ।

ट्विटरमा लेख्दै ट्रम्पले उत्तर कोरियाका राष्ट्रपतिलाई कोरियामैं वार्ताका लागि बोलाएका हुन ।

उत्तर कोरियाले भने यसलाई निकै चाखलादो सुझावका रुपमा प्रतिक्रिया दिएको छ ।

जी २० देशहरुको सम्मेलनका क्रममा चीनसँग वार्तालगत्तै ट्रम्पले दक्षिण कोरिया भ्रमणका क्रममा दुबै देशको सीमानामा किमलाई बोलाएका हुन । आफूले दक्षिण कोरियाका राष्ट्रपतिसँग भेटने कार्यक्रम रहेको बताउँदै ट्रम्पले त्यो अवसरमा किम पनि आइदिए जाति हुने बताएका छन् ।


जापानको ओशाकामा भइरहेको सम्मेलनमा दुई मिनेटका लागि भएपनि किमसँग कुरा गर्न पाए राम्रो हुने बताएका हुन ।
ट्रम्पको ट्विटको केही घण्टामा नै उत्तर कोरियाका प्रथम उप विदेश मन्त्री कोइ सन हुईले यसलाई चाखलाग्दो सुझाव बताएका छन् । “तर हामीले आधिकारिक प्रस्ताव पाएका छैनौं ।” उनले भनेका छन् ।

दक्षिण कोरियाले भने यो भेटका बारेमा कुनै कुरा निश्चित नभएको बताएका छन् ।

कमेन्ट गर्नुहोस्