Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दलित बस्तीमा पास्नी भाेजपछि २५ जना बिरामी

धादिङ — गजुरी–५ चिसापानीस्थित दलित वस्तीमा शुक्रबार पास्नीको भोज खाँदा २५ जना बिरामी भएका छन् । स्थानीय राजाराम मिजारको छोरीको पास्नीको भोज शुक्रबार साँझ ७ वजेबाट सुरु भएको थियो ।

उक्त भोजमा विषाक्त खाना खाएका कारण अधिकांश व्यक्तिलाई झाडावान्ता भएको छ। उनीहरुको गजुरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख राजकुमार वैदवारले बताए।

विरामी परेकाहरु ६ देखि ४६ वर्षसम्म उमेर समूहका छन्। अस्पतालमा उपचार गराए पछि भोजको आयोजना गर्ने राजाराम मिजारसहित सबैको अवस्था सामान्य हुँदै गएको प्रहरीले जनाएको छ।

गतसाता पनि भोजमा खाएको विषाक्त खानाले नीलकण्ठ ज्याम्रुङ्गमा ४१ जना बिरामी परेका थिए। बजारमा पाइने नक्कली र मिसावटयुक्त तेलले खाना विषाक्त हुने सम्भावना रहेको स्वास्थ्यकर्मीहरु बताउँछन्।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: