एसपी मल्लकाे एक्सन: ५३ ब्लुबुकसहित चाेरीका २६ बाईक बरामद

चितवन : चितवन प्रहरीले चोरीका मोटरसाईकल खरिदबिक्रि गर्ने ठुलो गिरोह पक्राउ गर्न सफल भएको छ । 

जिल्लाप्रहरी कार्यालय चितवनको अप्रशेन क्लिन अभियान अन्र्तगत ठुलो मात्रामा नक्कली बिलबुक र चोरीका मोटरसाइकल सहित गिरोहका नाइकेलाई पक्राउ गरेको हो। । चितवन प्रहरीबाट खटिएको बिशेष टोलीले आज शारदानगर रानीपोखरी स्थित रोहित मोटरसाईकल वर्कसपमा छापा मार्दा २६ वटा विभिन्न कम्पनीका मोटरसाईकल, ईन्जिन नभएका च्याचिस ८ थान, विभिन्न व्यक्तिका नाममा रहेका ५३ थान विलबुक समेत वरामद गरेको चितवन प्रमुख एसपी दानवहादुर मल्लले वताए।

कमेन्ट गर्नुहोस्