Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कोपा अमेरिकाः स्वारेजले पेनाल्टी चुकाउँदा उरुग्वे बाहिरियो, पेरु सेमिफाइनलमा

एजेन्सी । स्टार स्ट्राईकर लुइस स्वारेज पेनाल्टी सुटआउटमा चुकेपछि उरुग्वे ब्राजिलमा जारी कोपा अमेरिका कप फुटबलको क्वार्टरफाइनलबाट बाहिरिएको छ । आइतबार बिहान भएको खेलमा उरुग्वे टाईब्रेकरमा पेरुसँग ५–४ गोलले पराजित भएको हो । बलियो उरुग्वेलाई हराएको पेरु सेमिफाइनलमा प्रवेश गरेको छ । अब सेमिफाइनलमा पेरुले साविक विजेता चिलीसँग प्रतिस्पर्धा गर्नेछ ।

निर्धारित समयमा दुवै टोली गोलरहित बराबरीमा रोकिएपछि खेलको नतिजा टाईब्रेकरबाट लिइएको थियो । उरुग्वेले लगातार गोल गर्ने अवसर बनाएपनि पेरुको रक्षापंक्तिले विफल पारेको थियो । लुइस स्वारेज र एडिन्सन काभानीको गोललाई अफसाइड ठहर गर्दै मान्यता नदिएपछि उरुग्वे तनावमा देखिएको थियो ।

टाइब्रेकरमा पहिलो प्रहार गरेको उरुग्वे सुरुमै चुक्यो । स्वारेजको पेनाल्टी प्रहारलाई पेरुका गोलरक्षक पेड्रो गलेसेले बचाएका थिए । त्यसपछि दुवै टोलीका खेलाडीले पेनाल्टीको सदुपयोग गरे । स्वारेज असफल भएपछि उरुग्वे बाहिरिन बाध्य बन्यो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: