निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

धनगढी, असार १५ । धनगढी उप–महानगरपालिकाको एकदिने निःशुल्क पशु स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ ।

उप–महानगरपालिकाको पशु स्वास्थ्य शाखाले वडा नं १७ धुझन्नामा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविरको आयोजना गरेको हो । शिविरमा किसानहरुका पशुहरुको स्वास्थ्य परिक्षण र उपचार गर्ने काम भएको छ धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने,‘यस्ता शिविरहरु पशुपालक किसानका लागि आवश्यक रहेका छन् ।

शिविरमा किसानहरुलाई पशुहरुमा लाग्ने रोग सम्वन्धी प्रवद्र्धनात्मक ज्ञान दिने काम पनि भएको छ नगरप्रमुख वडले भने, पशुमा लाग्ने रोगका बारेमा किसानलाई ज्ञान छैन । यसका लागि धनगढी उप–महानगरपालिकाले नीति तथा कार्यक्रममा नै पशु स्वास्थ्य बिमाको कुरालाई प्राथमिकताका साथ समेटेको छ ।

शिविरमा ३ सयभन्दा बढी किसानले आफ्नो पशुको स्वास्थ्य परिक्षण तथा परामर्श लिने काम गरेको बताईएको छ ।

मलखाद आपूर्तिका लागि कांग्रेस कैलालीले सरकारलाई दबाव

धनगढी, असार १५ । नेपाली कांग्रेस कैलालीले यसवर्षको असार १५ फरकढंगले मनाउने भएको छ ।

नेपाली कांगेस कैलालीका पार्टी सभापति नरनारायण शाह ‘मनु” का अनुसार असार १५ मा नेपाली कांग्रेस कैलालीले स्थानीय सरकारमार्फत प्रदेश र संघ सरकारलाई किसानका लागि मल आपूर्ति गर्न ज्ञापनपत्र बुझाउने छ । आधा असार घर्किदा पनि किसानले मलखाद नपाएको भन्दै सरकारलाई दवाव लिन कार्यक्रमको स्वरुप परिवर्तन गरिएको पनि नेपाली कांग्रेस कैलालीका सभापती नरनारायण शाह ‘मनु’ले बताए ।

यसअघि नेपाली कांग्रेस कैलालीले किसानका खेतमा पुगेर किसानसँगै धान रोप्ने काम गर्दथ्यो । किसानलाई मलखाद नपाएको पिडा छ सभापति शाहले भने, त्यसैले सरकारलाई दवाव दिन फरक किसिमको कार्यक्रम आयोजना गरिएको हो ।

चुनाव जितेर सरकारमा पुगेकाहरुले कृषि क्षेत्रको विकास, आधुनीकिकरण र आत्मनिर्भर बनाउने कुरा घोषणापत्रमा नै सीमित राखे कांग्रेस सभापति शाहले भने, किसानले समयमा बीउ बिजन नपाउने, मलखाद नपाउने समस्या समाधान गर्न सकिएको छैन । सरकारले ल्याएको प्रधानमन्त्री कृषि कार्यक्रम र सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको मुख्यमन्त्री कृषि कार्यक्रम फगतमात्रै भएको आरोप नेपाली कांग्रेसका सभापति शाहले लगाए ।

नेपाली कांग्रेस कैलालीका जिल्ला कार्यसमिति सदस्य तथा संगठन विभाग प्रमुख शेरबहादुर देउवाका आनुसार नेपाली कांग्रेस कैलालीले असार १५ गते दिउँसो २ बजेदेखि ३ बजेसम्म सबै स्थानीयतहमा धर्ना दिने बताए । संगठन विभाग प्रमुख देउवाका आनुसार ३ बजे स्थानीय सरकारमार्फत प्रदेश र संघ सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्