जीवन उपयोगी सीप तालिम सम्पन्न

भक्तपुर, असार १५ । युवाका साथसाथ आवाज नेपालको आयोजनामा, राष्ट्रिय युवा परिषद्को सहयोग र विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको समन्वयमा ५५ जना युवाहरुलाई दुईदिने जीवन उपयोगी सीप तालिम सम्पन्न भएको छ, तालिममा जीवन जीउने सीपहरु, सकारात्मक सोच, आत्म जागरण, प्रभावकारी सञ्चार, अनुभूति, अन्तरव्यक्ति सम्बन्ध, श्रृजनात्मक सोच, समालोचनात्मक सोचाई, तनाव व्यस्थापन, संवेग नियन्त्रण, निर्णय लिन सक्ने क्षमता, समस्या समाधान लगायत विषयमा प्रशिक्षक राजेश घिमिरे र सुशिला के।सीले प्रशिक्षण दिएका थिए ।

समापन सत्रमा प्रदेशसभा सदस्य शशी जङ्ग थापा, जिसस भक्तपुरका उपप्रमुख सरिता कुँवर, सुर्यविनायक नपा उपप्रमुख जुना बस्नेत, राष्ट्रिय युवा परिषद्का उपसचिव देवी प्रसाद अधिकारी, गैसस महांसघ भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाईं, सुर्यविनायक कार्यपालिका सदस्य दिपक विसुन्के, संस्थाका संस्थापक र विभिन्न संघ संस्थाहरुको प्रमुख एंव प्रतिनिधिहरुको उपस्थितिमा संस्थाका कोषाध्यक्ष अमर शिवाकोटीले स्वागत गरेका थिए भने कार्यक्रमको औचित्य र उद्देश्यमाथि संस्थाका संस्थापक दिपेश विसुन्केले प्रकाश पारेका थिए साथै प्रमुख अतिथि थापाले यस्ता तालिमहरुले युवाहरुको जीवन नै परिवर्तन हुने जसले गर्दा समाज र राष्ट्रलाई नै समृद्ध दिशातर्फ उन्मुख पार्न मद्दत पुग्ने र यस्ता कार्यक्रम संगसंगै उत्पादन शिल क्षेत्रहरुमा पनि आजका युवा पुस्ताहरु लाग्नुपर्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा अन्य अतिथि वक्ताहरुले जीवन उपयोगी सीप तालिमले युवाहरुलाई जीवन जिउने कला प्राप्त गरि सिकेका ज्ञान र सिपहरु अन्य युवाहरुलाई बाड्दै जानू पर्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रमको सभाध्यक्ष संस्थाका अध्यक्ष राजेश घिमिरेले गरेका थिए भने कार्यक्रम सञ्चालन संस्थाका सचिव श्रीकृष्ण थापाले गरेका थिए ।

कमेन्ट गर्नुहोस्