Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

क्रिस्टिना गुरुङ ‘प्रेम गीत ३’को मुख्य अभिनेत्री

काठमाडौं, असार १५ । नेपाली कथानक चलचित्र ‘प्रेमगीत ३’ को अभिनेत्रीको मूख्य भूमिकामा क्रिस्टिना गुरुङलाई छानिएको छ ।

अमेरिकाबाट अडिसनमा सहभागी हुनकै लागि नेपाल आएकी क्रिष्टिनाले २७ सय १४ जना प्रतिस्पर्धीलाई उछिन्दै चलचित्रमा काम गर्ने अवसर पाएकी हुन् । २७ सय १४ जनाबाट उत्कृष्ट २५ र त्यसपछि टप ५ छानिएको थियो । आशुसेन फिल्म्सका निर्देशकद्वय छेतेन गुरुङ र सन्तोष सेनले आइतबार उनको नाम सार्वजनिक गरेका हुन् । हामीहरुका लागि सबै उत्कृष्ट हुनुहुन्थ्यो, क्रिस्टनालाई गीत पात्रका लागि छानेका छौं । अडिसनमा सहभागी भएकोमा सबैलाई धन्यवाद्, निर्माता सन्तोष सेनले भने, ‘अडिसनमा छानिएका उत्कृष्ट टप २५ लगायत अडिसनमा सहभागी भएका सबैलाई धेरै धेरै धन्यवाद् ।’

निर्माण टिमले शिव श्रेष्ठ, सुनील थापा, मनिष राउत, अनुभव रेग्मी र अब क्रिष्टिना गुरुङ यो चलचित्रका लागी फाइनल भएका छन् । चलचित्रको मुख्य अभिनेता र अन्य दुई बालकलाकार सहित निर्माण टिमले चाँडै चलचित्रको घोषणा गर्ने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: