बाबुराम भट्टराईले यसरी मनाए धान दिवस

काठमाडौं, असार १५ । पूर्व प्रधानमन्त्री एवं समाजवादी नेपाल, पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखाको पालुङटारमा रोपाईं गरेर धान दिवस मनाएका छन् । असार १५ गते राष्ट्रिय धान दिवसको अवसरमा आफ्नै गृहजिल्लामा आयोजित रोपाईं कार्यक्रममा उनले हलो जोतेर रोपाईं गरेका हुन् ।

पालुङटार नगरपालिका १ र सफल मल्टिपर्पोज कृषि फार्मको आयोजनामा गरिएको रोपाईं कार्यक्रममा नेता भट्टराईले उत्साहपूर्वक केहीबेर हलो जोत्दै धान समेत रोपेका थिए । रोपाईं कार्यक्रममा स्थानीयवासीको पनि उल्लेख सहभागिता थियो । भट्टराईले आफू सहभागी रोपाईं कार्यक्रमका फोटो सामाजिक संजाल ट्वीटरमा पोष्ट गरेका छन् ।

कमेन्ट गर्नुहोस्