विश्वकप २०१९ मा बेरिस्टाेको पहिलो शतक

काठमाडौं, असार १५ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारत विरुद्धको खेलमा इंग्ल्याण्डका ओपनर जोनी बेरिस्टोले शानदार शतक बनाएका छन् । उनले ६ छक्का र ८ चौकाको मद्दतमा ९० बलमा शतक बनाएका हुन् ।

जारी विश्वकपमा बेरिस्टोको यो पहिलो शतक हो । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको इंग्ल्याण्डले उत्कृष्ट प्रदर्शन गरेको छ । उसले ३१ ओभरमा १ विकेटको क्षतिमा २०४ रन बनाएको छ । इंग्ल्याण्डले पहिलो विकेट २२.१ ओभरमा जोसन रोयलाई गुमायो । उनी ६६ रनमा कुलदीप यादवको बलमा क्याच आउट भए ।

कमेन्ट गर्नुहोस्