विश्वकपः भारतको खराब शुरुवात, केएल राहुल शून्यमै आउट

काठमाडौं, असार १५ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्याण्डले दिएको ३३८ रनको लक्ष्य पछ्याउने क्रममा भारतले खराब सुरुवात गरेको छ । उसले २.३ ओभरमै पहिलो विकेटका रुपमा केएल राहुललाई शून्य रनमा गुमाएको छ । उनलाई क्रिस ओक्सले आफ्नो पहिलो ओभरमै आउट गर्न सफल भए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३७ रन बनायो ।

उसका लागि ओपनर जोनी बेरिस्टोले शानदार शतक बनाए । उनले ६ छक्का र १० चौकाको मद्दतमा १०९ बलमा १११ रन बनाए । जारी विश्वकपमा बेरिस्टोको यो पहिलो शतक हो । यस्तै बेन स्टोक्सले ७९, जेसन रोयले ६६, जो रुटले ४४, जोस बटलरले २०, क्रिस ओक्सले ७, कप्तान इओन मोर्गनले १ रनको योगदान दिए ।बलिङमा भारतका मोहम्मद सामीले ५, जसप्रित बुमराह र कुलदीप यादवले एक–एक विकेट लिए ।

इंग्ल्याण्डको प्लेइङ ११ः जसन रोय, जोनी बेरिस्टो, जो रुट, इओन मोर्गन, बेन स्टोक्स, जोस बटलर, क्रिस ओक्स, लायम प्लेङकट, आदिल रशिद, जोफ्रा आर्चर र मार्क उड ।

भारतको प्लेइङ ११ः विराट कोहली, महेन्द्रसिंह धोनी, रोहित शर्मा, केएल राहुल, ऋषभ पन्त, केदार जाधव, हार्दिक पाण्ड्या, कुलदीप यादव, मोहम्मद सामी, युजवेन्द्र चहल र जसप्रित बुमराह ।

कमेन्ट गर्नुहोस्