विश्वकपः इंग्ल्याण्डविरुद्ध पनि शतक बनाउन चुके विराट

काठमाडौं, असार १५ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्याण्ड विरुद्धको खेलमा पनि भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले शतक बनाउन चुकेका छन् । उनी २८.१ ओभरमा ६६ रन बनाएको अवस्थामा आउट भए । उनलाई लायम प्लेइङकटले क्याच आउट गराए । जारी विश्वकपमा उनले लगातार पाँच अर्धशतक बनाए पनि शतक बनाउन भने चुक्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्