विश्वकपः इंग्ल्याण्डविरुद्ध रोहितको शानदार शतक

काठमाडौं, असार १५ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्याण्ड विरुद्धको खेलमा भारतीय क्रिकेट टिमका उपकप्तान एवं ओपनर रोहित शर्माले शतक बनाएका छन् । उनले १५ चौकाकाको मद्दतमा १०६ बलमा शतक बनाएका हुन् । जारी विश्वकपमा रोहितको यो तेस्रो शतक हो ।

कप्तान कोहलीको लगातार पाँचौ अर्धशतक
इंग्ल्याण्ड विरुद्धको खेलमा पनि कप्तान विराट कोहलीले अर्धशतक पूरा गरिसकेका छन् । उनले ६ चौकाको मद्दतमा ५९ बलमा अर्धशतक पूरा गरेका हुन्  । जारी विश्वकपमा विराटको यो लगातार पाँचौ अर्धशतक हो । यद्यपि उनले यो विश्वकपमा शतक भने बनाउन सकेका छैनन् ।

याे पनि पढ्नुस  विश्वकपः इंग्ल्याण्डविरुद्ध पनि कप्तान कोहलीको अर्धशतक

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३७ रन बनायो । उसका लागि ओपनर जोनी बेरिस्टोले शानदार शतक बनाए । उनले ६ छक्का र १० चौकाको मद्दतमा १०९ बलमा १११ रन बनाए । जारी विश्वकपमा बेरिस्टोको यो पहिलो शतक हो । यस्तै बेन स्टोक्सले ७९, जेसन रोयले ६६, जो रुटले ४४, जोस बटलरले २०, क्रिस ओक्सले ७, कप्तान इओन मोर्गनले १ रनको योगदान दिए ।बलिङमा भारतका मोहम्मद सामीले ५, जसप्रित बुमराह र कुलदीप यादवले एक–एक विकेट लिए ।

याे पनि पढ्नुस  विश्वकप २०१९ मा रोहितले पूरा गरे पाँचौ शतक, बने सर्बाधिक रनकर्ता

इंग्ल्याण्डको प्लेइङ ११ः जसन रोय, जोनी बेरिस्टो, जो रुट, इओन मोर्गन, बेन स्टोक्स, जोस बटलर, क्रिस ओक्स, लायम प्लेङकट, आदिल रशिद, जोफ्रा आर्चर र मार्क उड ।

भारतको प्लेइङ ११ः विराट कोहली, महेन्द्रसिंह धोनी, रोहित शर्मा, केएल राहुल, ऋषभ पन्त, केदार जाधव, हार्दिक पाण्ड्या, कुलदीप यादव, मोहम्मद सामी, युजवेन्द्र चहल र जसप्रित बुमराह ।

याे पनि पढ्नुस  एक दिवसीय क्रिकेटमा तेस्रो दोहोरो शतक बनाउने शर्मा पहिलो क्रिकेटर

कमेन्ट गर्नुहोस्