अख्तियारका पूर्वआयुक्त शाहको पैसा नासुको खातामा

काठमाडौं, असार १६ । घूस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति नायब सुब्बाका नाममा जम्मा गरेको खुलेको छ ।

आयुक्त पदको दुरुपयोग गरी आर्जन गरेको सम्पत्ति पाठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थिति अध्यागमनका नासु ललितकुमार झाका नाममा राखेको पाइएको हो । अकुत सम्पत्ति     आर्जन गरेको अभियोगमा आयोगमा बयान दिएका झाले डेढ करोडभन्दा बढी सम्पत्तिको स्रोत खुलाउन सकेका थिएनन् । स्रोत नखुलेको सम्पत्ति झाले पाठकमार्फत आर्जन गरको अनुसन्धान अधिकृतको दावी छ ।

भक्तपुरको चाँगुनारायणस्थिति नेपाल इञ्जिनियरिङ कलेजको स्वामीत्व विवाद मिलाइदिने भन्दै सञ्चालक लम्बोदर न्यौपानेबाट ७८ लाख रुपैयाँ घुस लिएको आरोप लागेपछि आयुक्त पाठकले राजीनामा दिएका थिए । यो समाचार आजको नागरिक दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्