भव्य किसिमले मनाईंदैछ प्रकाश दाहालकाे जन्मदिन, सम्मान र सहयाेगकाे समेत कार्यक्रम

काठमाडौं, असार १६ । नेपाल कम्युनिष्ट पार्टीका युवा नेता तथा सगरमाथा आरोही प्रकाश दाहालको ३८औं जन्मजयन्ती मनाइने भएको छ ।

भोली मंगलबार प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान कार्यक्रम समेत आयोजना गर्न लागिएको हो । राष्ट्रियसभा गृहमा बिहान ११.३० मा कार्यक्रम हुने छ ।

दिवंगत प्रकाश दाहालका पिता एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को प्रमुख आतिथ्यमा कार्यक्रम हुने छ । कार्यक्रम प्रकाश दाहाल प्रतिष्ठानले गर्न लागेको हो ।

प्रतिष्ठानकी अध्यक्ष प्रकाशकी धर्मपत्नी एवं खानेपानी मन्त्री बिना मगर हुन् । उनी अध्यक्ष प्रचण्डका स्वकिय सचिव समेत थिए । दाहालको २०७४ सालको मंसिर तीन गते हृदयघातको कारण निधन भएको थियो।

कमेन्ट गर्नुहोस्