लगातार बढिरहेको सुनको भाऊ आज कतिले घट्यो ?

काठमाडौं, असार १६ । साताको लगातार बढिरहेको सुनको भाऊ सोमबार भने बजारमा पाँच सय रुपैयाँले घटेको छ ।

आइतबार प्रतितोला सुनको मूल्य ६५ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला सुनको मूल्य ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, आइतबार तेजावी सुनको मूल्य ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला सुनको मूल्य ६४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, सोमबार पनि बजारमा चाँदीको मूल्य घटेको छैन ।

आइतबार चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको थियो भने आजपनि फेरि चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कमेन्ट गर्नुहोस्