डोटीमा जीप दुर्घटनाः ६ घाइते, दुई जनाको अवस्था गम्भीर

काठमाडौं, असार १६ । डोटीमा जीप दुर्घटना हुँदा ६ जना घाईते भएका छन्। जिल्लाको आदर्श गाँउपालिकाबाट सायल जादै गरेको से १ च ९१७ नम्बरको जीप दुर्घटना हुँदा ६ जना घाईते भएको प्रहरीले जनाएको छ। गाउँपालिकाको वडा नम्बर ७ साईली गाड नजिक पर्ने गजेडा भन्ने स्थानमा भएको जीप दुर्घटनामा परी सायल गाउँपालिका १ का २७ वर्षीय राजु दमाई, १५ वर्षीया बाटुली नेपाली, टीका नेपाली रहेका छन्।

यस्तै आदर्श गाउँपालिका वडा नम्बर ७ का ३६ वर्षीय रमेश नेपाली, सोही ठाँउको सातलाका १२ वर्षीय महेश नेपाली, वडा नम्बर ६ गिरि चौकका चालक कटक सिलाल पनि घाईते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए।

चालक सिलाल र बाटुलीको अवस्था गम्भीर रहेको उनले बताए। घाईतेहरुलाई उपचारका लागि दिपायलको शैलेश्वरी अस्पतालमा लगिएको प्रहरी नायब उपरीक्षक धामीले बताएका छन्। तर उनीहरुलाई अस्पताल भने पुर्याईएको छैन्। जीप सडकबाट ६० मिटर तल खसेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्