नेकपाका नेतामाथि कुटपिट

महेन्द्रनगर । कञ्चनपुरमा नेकपाका स्थानीय नेता कुटिएका छन् । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ३ का स्थानीय नेता जनक राज जोशी, लक्ष्मण कार्की र लालझाडी गाउँपालिका वडा नम्बर ५ का दिलिप धामी कुटिएका हुन् । नेपाली कांग्रेसका स्थानीय नेता दल बहादुर विष्टको समूहले उनीहरुमाथि घरेलु हातहतियार समेत प्रहार गरी कुटपिट गरेको नेकपाले जनाएको छ।

नेकपाका युवा नेता अर्जुन साउँदले पूर्व प्रधान पञ्चसमेत रहेका कांग्रेसका स्थानीय नेता विष्टको समूहले शनिबार राती जोशीको घरमा प्रवेश गरी उनकी श्रीमती राजमतीलाई समेत कुटपिट गरेको बताए ।

घाइतेको महाकाली अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि खटिमा रेफर गरिएको छ। तर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्