आज प्रकाश दाहालको ३८ औं जन्मजयन्ती, प्रचण्ड र माधव नेपालले सम्बोधन गर्ने

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता प्रकाश दाहालको ३८ औं जन्मजयन्ती भव्यताका साथ मनाईंदैछ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको ह््दयघातका कारण डेढ वर्ष अघि निधन भएको थियो ।

प्रकाशको ३८ औं जन्मजयन्तीका अवसरमा आज प्रकाश दाहाल फाउण्डेसनले साहसिक सगरमाथा आरोही सम्मान वितरणको कार्यक्रम गरेको छ ।

आज अपरान्ह १२ बजेबाट राष्ट्रिय सभा गृह काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा सगरमाथा आरोहीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

 

सो अवसरमा नेकपा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल, महासचिव विष्णु पौडेल, गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य राम बहादुर थापालगायतको उपस्थिति रहने आयोजकले जनाएका छन् ।

उक्त अवसरमा अध्यक्ष प्रचण्ड र नेता नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

युवाहरुमाझ अत्यधिक लोकप्रिय प्रकाश दाहालको गत आम निर्वाचनको समयमा निधन भएको थियो ।

प्रकाश दाहालको जन्म २०३८ असार १७ गते चितवनमा भएको हो । प्रकाश दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र सीता दाहालका एकमात्र छोरा थिए । उनले आफ्ना बुबा प्रचण्ड प्रधानमन्त्री हुदाँ वा नहुदाँ स्वकीय सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

 

कमेन्ट गर्नुहोस्