भारतमा वर्षाले २१ जनाको मृत्यु, विद्यालय बन्ददेखि हवाईसेवा प्रभावित

काठमाडौं, असार १७ । भारतको महाराष्ट्रमा भारी वर्षाका कारण ठूलो धनजनको क्षति भएको छ। महाराष्ट्रमा, मंगलबार रातिमात्र तीन ठाउँमा पर्खाल भत्किएर २१ जनाको मृत्यु भएको छ। मलाड ईस्ट, कल्याण र पुणेमा पर्खाल भत्किँदा उनीहरूको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मलाड ईस्टमा १२ जना, कल्याणमा ३ जना र पुणेको सिंहगढ कलेजको पर्खाल भत्किँदा छ जनाको मृत्यु भएको हो।

याे पनि पढ्नुस  भारतीय प्रधानमन्त्री मोदीले आजबाट चुनावी अभियान शुरु गर्दै

महाराष्ट्रमा मुख्यमन्त्री देवेन्द्र फडणवीसले मृतका परिवारलाई ५र५ लाखका दरले राहत उपलब्ध गराउने घोषणा गरेका छन्। मलाड ईस्टको पिंपरी पान्डामा वर्षाका कारण पर्खाल भत्किँदा १३ जना घाइते भएका छन्। एनडीआरएफको टोली घटनास्थल पुगेर उद्धार जारी राखेका छन्। घाइतेहरूलाई जागेश्वरीको ट्रमा सेन्टर पुर्याइएको छ। कल्याणमा पनि ४ जना घाइते भएका छन्। घाइते हुनेमा एक तीन वर्षकी बालिका पनि रहेकी छन्।

याे पनि पढ्नुस  बलात्कारको आरोपमा बाबा राम रहीम पक्राउ परेपछि भयंकर हिंसा, १३ को मृत्यु, अवस्था नियन्त्रण बाहिर

स्कुल,कलेज र रन–वे बन्द महाराष्ट्रमा पछिल्लो पाँच दिनमा भारी वर्षा भएको छ। अन्तिम दुई दिनमा ५४ सेम िपानी परेको छ। थुप्रै क्षेत्रमा ५ देखि ६ फिटसम्म पानी भरिएको छ। मौसम विज्ञान विभागले मङ्गलबार पनि भारी वर्षाको चेतावनी जारी गरेको छ। सरकारले आज सबै सरकारी र निजी विद्यालय–कलेज र कार्यालयहरू बन्द गर्ने निर्णय गरेको छ।

भारी वर्षाको असर मुम्बई एयरपोर्टमा पनि देखिएको छ। स्पाइसजेट एसजी ६२३७ जयपुर–मुम्बई विमान रनवे मा चिप्लिएको छ। जसका कारण सोमबारराति मुम्बई एयरपोर्टको मुख्य रनवे बन्द गरिएको छ। वैकल्पिक रनवेबाट सेवा दिइएको छ। स्पाइसजेट घटना पछि ५४ भन्दा बढी उडानहरू डाइभर्ट गरिएका छन्। घरेलू एयरलाइन्सले उडानहरू रद्द गर्ने जानकारी दिएको भने विस्तारा एयरलाइनले १० उडानहरूको रद्द गरेको पुष्टी गरेको छ। तस्वीरः एएनआइ

याे पनि पढ्नुस  अनामिका बनिन पहिलो करोडपति

कमेन्ट गर्नुहोस्