तेस्रो घण्टामा नेप्से १.७८ अंकले बढ्यो

काठमाडौं, असार १७ । मंगलवार नेप्से कारोबार भएको तेस्रो घण्टाको अवधिमा परिसूचक १ दशमलव ७८ अंक बढेर १ हजार २४३ दशमलव ८१ विन्दुमा पुगेको छ । नेप्से परिसूचक १ हजार २४२ दशमलव ८३ विन्दुबाट शुरु भएको थियो ।

यस अवधिसम्म कारोबार भएका १५९ कम्पनीको रू. २३ करोड ६४ लाख बराबरको शेयर कारोबार भएको छ । मेगा बैंकको सर्वाधिक रू. ३ करोड ३७ लाख बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका दश समूहको परिसूचकमा होटल र विकास बैंकको परिसूचक बाहेक बाँकी समूहको परिसूचक बढेपछि नेप्से बढ्न पुगेको हो ।

मर्जरपछि सतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको स्वरोजगार लघुवित्तको शेयरमूल्यमा १० प्रतिशत बढेर सर्किट लागेको छ भने युनियन हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशत घटेको छ ।

कमेन्ट गर्नुहोस्