भारतले दियो बंगलादेशलाई ३१५ रनको चुनौती, रोहितको चौथो शतक

काठमाडौं, असार १७ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको ४० औं खेलमा भारतले बंगलादेशलाई ३१५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१४ रन बनायो । उसका लागि रोहित शर्माले शतक बनाए । उनले ५ छक्का र ७ चौकाको मद्दतमा ९२ बलमा १०४ रन बनाए ।

याे पनि पढ्नुस  आज रोहित र महमूदुल्लाहले रच्दैछन् यस्तो इतिहास, खेलमा चक्रवातको असर पर्नसक्ने

जारी विश्वकपमा रोहितको यो चौथो शतक हो । यस्तै केएल राहुलले ७७, ऋषभ पन्तले ४८, महेन्द्रसिंह धोनीले ३५, कप्तान विराट कोहलीले २६, दिनेश कार्तिकले ८ रन बनाए । बलिङमा मुस्तफिजुर रहमाननले ५, शाकिव अल हसन, रुबेल हुसेन र सौम्य सरकारले एक–एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्