विश्वकपः भारत सातौं पटक सेमिफाइनलमा, बंगलादेश २८ रनले पराजित

काठमाडौं, असार १८ । भारत १२औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति बंगलादेशलाई ३९ रनले हराउँदै भारत सातौं पटक वान डे विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । भारत यसअघि १९८३, १९८७, १९९६, २००३, २०११ र २०१५ मा सेमिफाइनल पुगेको थिए । मंगलबार बर्मिङ्घममा भारतले दिएको ३१५ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको बंगलादेश ४८ ओभरमा २८६ रनमै सेमटियो ।

याे पनि पढ्नुस  भारतः १२ वर्ष मुनिका बालकमाथि बलात्कार गर्नेलाइ पनि फाँसी दिइने

उसका लागि शाकिव अल हसनले ६६, मोहम्मद सैफउद्दिनले अविजित ५१, सब्बीर रहमानले ३६, सौम्य सरकारले ३३, मुस्फिकुर रहीमले २४, कप्तान मसरफे मुर्तुजाले ८, रुबेल हुसेनले ९ र मोसाद्दिक होसैनले ३ रन बनाए । बलिङमा भारतका जसप्रित बुमराहले ४, हार्दिक पाण्ड्याले ३, मोहम्मद शामी, युजवेन्द्र चहल र भुवनेश्वर कुमारले एक–एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१४ रन बनायो । उसका लागि रोहित शर्माले शतक बनाए । उनले ५ छक्का र ७ चौकाको मद्दतमा ९२ बलमा १०४ रन बनाए ।

याे पनि पढ्नुस  फूल व्यवसायको प्रवद्र्धन गर्न नसक्दा भारतबाट अायात गर्न बाध्य

जारी विश्वकपमा रोहितको यो चौथो शतक हो । यस्तै केएल राहुलले ७७, ऋषभ पन्तले ४८, महेन्द्रसिंह धोनीले ३५, कप्तान विराट कोहलीले २६, दिनेश कार्तिकले ८ रन बनाए । बलिङमा मुस्तफिजुर रहमानले ५, शाकिव अल हसन, रुबेल हुसेन र सौम्य सरकारले एक–एक विकेट लिए । यो हारसँगै बंगलादेश सेमिफाइनल दौडबाट बाहिरिएको छ । उसले आफ्नो अन्तिम खेल ५ जूलाईमा पाकिस्तानसँग खेल्ने छ ।

कमेन्ट गर्नुहोस्