गेष्ट हाउसमा प्रेमिकासँग रात बिताएका प्रेमी मृत भेटिए

काठमाडौं, असार १८ । मंगलबार साँझ गोगंबुस्थित शुभकलश गेष्ट हाउसमा आफ्नी प्रेमिकासँग बस्न पुगेका एक युवक मृत अवस्थामा भेटिएका छन् ।

फेसबुकमार्फत चिनजान भएकी प्रेमिकासँग गेष्ट हाउस बस्न पुगेका काभ्रे घर भएका २५ वर्षीय प्रमोद गुरुङ मृत अवस्थामा भेटिएका हुन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी फणिन्द्र प्रसाईंले शुभकलश गेष्ट हाउसको १०४ कोठा नम्बरमा प्रमोद गुरुङ मृत अवस्थामा भेटिएको पुष्टि गरे।

याे पनि पढ्नुस  बाढीका कारण दुईको मृत्यु

डीएसपी प्रसाईंको अनुसार उनीहरु बसेको कोठा भियग्राहरु र गाँजा खाएर फालिएको चुरोटका ठुटाहरु भेटिएको छ । मृत्युको कारण खुल्न नसकेको उनले बताए । गेष्ट हाउस सञ्चालक र प्रेमिकालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्