पोखराको फेसन शोमा प्रशान्त र शित्तल ‘सो स्टपर’

काठमाडौं, असार १८ । पोखरामा अगष्ट २ तारिखमा हेरिटेज अफ फेसन नेपालको आयोजना हुने भएको छ । यस्तै, यही कार्यक्रम अष्ट्रेलियामा पनि आयोजना हुने आयोजकले बताएको छ ।

एएसएपीको आयोजनामा हुन लागेको यो फेसन शोमा उदाउँदै गरेका मोडलहरु र्याम्प नाप्नेछन् । नेपालको फेसन डिजाइनिङमा उदाइसकेका डिजाइनरले तयार पारेका पहिरनमा मोडल स्टेजमा हिड्ने आयोजकले मंगलबार काठमाडौं पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको छ ।

याे पनि पढ्नुस  ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान २०७६’ बाट कवि डा. नवराज लम्साललाई सम्मान

यो कार्यक्रममा सो स्टपरको रुपमा मोडल, कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार रहने छन्। यस्तै, ‘कर्पोरेट क्विन २०१९’ शितल थापा पनि सो स्टपरको रुपमा फेसन शोमा प्रस्तुत हुनेछिन् । यो कार्यक्रममा गायिका मिलन नेवार र प्राप्ती तुलाचनले आफ्नो प्रस्तुति राख्नेछन् । शोको कोरियोग्राफर मुस्कान रानी हुन् ।

याे पनि पढ्नुस  रानीमहलमा आधारित चलचित्र बन्ने

यस्तै, गायक धिरज राइले पनि कार्यक्रममा सहभागीता जनाउने छन् । आयोजकले यो कार्यक्रम भिजिट नेपाल २०२० लाई लक्षित राख्दै आयोजना गर्न लागेको बताएको छ । नेपालका हेरिटेजहरुको प्रमोशनमा पनि यसले सहयोग पुर्याउने अपेक्षा गरिएको छ । शोमा पुर्खाहरुले लगाउने पहिरनदेखि हेरिटेज झल्किने पहिरन समावेश हुनेछ ।

कमेन्ट गर्नुहोस्