Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘मेगा मोडल–२०१९’ मा जोडिए आईआईएफटी स्कुल अफ फेसन र होटल आकामा

काठमाडौं, असार १८ । विभिन्न सांगीतिक रियालिटी शोहरु भइरहेको बेला मोडलिङ र फेशन सम्बन्धी रियालिटी शो ‘मेगा मोेडल–२०१९’ हुने भएको छ ।

यो ‘मेगा मोडल’को सिजन–४ बारे आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । ग्ल्यामर, फेशन र मोडलिङ क्षेत्रको वृद्धि विकास र ग्ल्यामर क्षेत्रमा रुचि राख्ने युवतीहरुलाई ‘प्लेटफर्म’ प्रदान गर्ने उद्देश्यले सन् २००८ देखि इमेज च्यानलले प्रारम्भ गरेको ‘मेगा मोडल’को यस सिजनमा इन्टरनेशनल इन्ष्टिच्युट अफ फेसन टेक्लोलोजी ‘आईआईएफटी’ र आकामा होटल पनि जोडिएका छन् ।

धुम्बाराहीस्थित आकामा होटलमा मंगलबार पत्रकार सम्मेलन गरी त्रिपक्षीय सम्झौता भएको छ । सम्झौता पत्रमा आकामा होटलको तर्फबाट महाप्रबन्धक राजु श्रेष्ठ, ‘आईआईएफटी’को तर्फबाट अध्यक्ष शर्मिष्ठा श्रेष्ठ र आयोजक ईमेज च्यानलको तर्फबाट कार्यकारी निर्देशक पुजा मानन्धरले हस्ताक्षर गरे । कार्यक्रममा होटलका मार्केटिङ एण्ड शेल्सका निर्देशक कौशल सिंह, आईआईएफटीका प्रमुख कार्यकारी अधिकृत नाजिर हुसैन, कार्यकारी निर्देशक राजु सुवाल लगायतका व्यक्तित्वहरु रहेका थिए ।

ईमेज च्यानलबाट प्रसारण हुने रियालिटी शो ‘मेगा मोडल–२०१९’का लागि आईआईएफटीका तर्फबाट विभिन्न राउण्डका लागि ड्रेस डिजाइन गर्ने छ । जसमा आईआईएफटीकै विद्यार्थीको फेसन क्रियशन रहने उक्त संस्थाका प्रबन्ध निर्देशक फूपु तेन्जिङ शेर्पाले बताए । बागबजार र ललितपुरको कुमारीपाटीमा रहेको ‘आईआईएफटी’ले विगत केही वर्षयता फेसन डिजाइनिङ सम्बन्धी अध्यापन गराउँदै आएको छ ।

त्यस्तै, ‘मेगा मोडल’सँग जोडिन आएका आकामा होटल हालै सञ्चालनमा आएको चार तारे होटल हो । यस होटलले हस्पिटालिटी पार्टनरको भूमिका निर्वाह गर्नेछ । होटलका महाप्रबन्धक राजु श्रेष्ठले मोडलिङ सम्बन्धी रियालिटी शोमा जोडिन पाएकामा खुसी व्यक्त गरे । चाँडै नै ‘मेगा मोडल–२०१९’का लागि अडिसन सुरु हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो । अडिसन काठमाडौंका अलावा पोखरा, धरान, चितवनलगायतका मुख्य–मुख्य सहरमा हुने बताइएको छ ।

यसअघि मेगा मोडलको पहिलो संस्करण सन् २००८ मा स्वस्तिका राजभण्डारी, २०१० (सिजन–२)मा रश्मिता महर्जन र २०१५ मा (सिजन–३) मा अनुज्ञा चन्द विजेता बनेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: